उद्योगमन्त्री यादव अनुपस्थित : विधेयक पारित भएन
सोमबार, ०२ भदौ २०७६, १४ : ३६
काठमाडौं– औद्योगिक व्यवसाय विधेयक, २०७५ माथि अन्तिम छलफल गरी पारित गर्ने उद्देश्यले बोलाइएको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठक स्थगन भएको छ ।
विधेयक प्रस्तुतकर्ता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बैठकमा अनुपस्थित भएपछि छलफल नै नगरी स्थगन भएको समितिका सचिव कृष्णहरि खड्काले जानकारी दिए । दफावार छलफल सम्पन्न भएको उक्त विधेयक समितिबाट पारित गर्ने कार्यसूची थियो । उद्योगमन्त्री मातृकाप्रसाद यादव उपत्यका बाहिर रहेका छन् ।
मुलुकमा असल औद्योगिक वातावरण तयार गर्ने उद्देश्यले ल्याइएको सो विधेयकमाथि गगनकुमार थापा, प्रेम सुवाल, मीनबहादुर विश्वकर्मालगायत १७ सांसदको ५९ वटा संशोधन प्रस्ताव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माधव नेपालविरूद्ध प्रतिशोध साँधियो, यो सरकारको काल आएको छ : मेटमणि चौधरी
-
गृहमन्त्री लेखकले राजीनामा दिनुपर्दैन, अहिलेसम्म कुनै उजुरी परेको छैन : रामनारायण बिडारी
-
अमेरिकाले ओम्नि एयरको चार्टर्ड विमानबाट पठायो ३७ नेपालीलाई
-
एम्बाप्पे चम्किँदा तेस्रो स्थानको प्ले–अफमा फ्रान्सले जर्मनीलाई हरायो
-
चलचित्र ‘द ब्लु लाइट’को पाेस्टर सार्वजनिक
-
‘अन्तर्राष्ट्रिय पर्यटन सहकार्यको आधार हिमालयन ट्राभल मार्ट’