अक्षय कुमारको ‘मिसन मंगल’ले तोड्यो शाहिद कपुरको ‘कबिर सिंह’ को रेकर्ड
मङ्गलबार, ०३ भदौ २०७६, ०९ : ३७
अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ सय करोडको क्लबमा समावेश हुन केही कदममात्रै टाढा छ । आइतबारसम्म यो फिल्मले ९६.५० करोड कमाई गरेको थियो । यतिमात्र होइन यो फिल्मले ‘कबिर सिंह’ को रेकर्ड तोडेर यो वर्ष आइतबारको दिन सबैभन्दा धेरै कमाउने हिन्दी फिल्मको उपाधि पनि आफ्नो नाममा पारेको छ ।
बक्सअफिसइन्डिया डट कमका अनुसार शाहिद कपुरको ‘कबिर सिंह’ ले रिलिजको पहिलो आइतबार २७.२५ करोड भारुको कमाई गरेको थियो भने मिशन मंगलले यो रेकर्डलाई केही अन्तरले पछार्दै करिब २७.५० करोड भारुको कमाई गर्यो ।
अक्षयको फिल्मले मुम्बई, पुणे, दिल्ली, बेंगलुरु र कोलकातामा राम्रो व्यापार गर्यो । अन्य शहरमा कबिर सिंहको तुलनामा कमजोर नै रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण