प्रतिभा पलायन नहुन् भन्दै २६ वर्षसम्मका २० लाख युवाका लागि पोलिस सरकारले ल्यायो यस्तो नीति
पोल्याण्ड सन् २००४ मा युरोपेली युनियनमा समावेश भएको थियो । प्रधानमन्त्री मातेयूज मोरावीकीका अनुसार यी १५ वर्षमा करिब १७ लाख मानिसहरुले देश छोडेका छन् । पलायन रोक्नका लागि सरकारले कर कानूनमा परिवर्तन गर्ने निर्णय गरेको छ । कानून अनुसार ८५ हजार ५२८ पोलिश ज्लोटी (२५ लाख रुपैयाँ) भन्दा कम आय भएका २६ वर्षसम्मका युवालाई आयकरमा १८ प्रतिशत छुट दिइनेछ ।
कानून लागु हुँदा पलायनमा कमी आउनेछः प्रधानमन्त्री
प्रधानमन्त्रीका अनुसार यो कानूनले युवालाई त्यस्तै सुविधा प्रदान गर्नेछ जुन उनीहरु विदेशमा चाहन्छन् । कानून १ अगस्टदेखि लागू भइसकेको छ । यसले २६ वर्षका २० लाख युवालाई फाइदा पुग्ने अनुमान गरिएको छ । कानून लागु भएपछि युवाको पलायन रोकिने प्रधानमन्त्रीले आशा व्यक्त गरेका छन् ।
सन् २००४ मा पोल्याण्ड र सात अन्य मध्य र पूर्वी युरोपेली देश युरोपेली संघमा समावेश भएपछि त्यहाँका नागरिकले वर्क परमिट वा भिसा बिना नै अन्य युरोपेली देशमा काम गर्ने अधिकार पाए । वारसामा माइग्रेशन रिसर्च सेन्टरमा इकोनोमिक्स अफ माइग्रेशन रिसर्च युनिटकी प्रमुख बरबरा जानसेविजले भने, ‘‘पलायनले देशको अर्थव्यवस्थामाथि नकारात्मक प्रभाव पर्छ । पछिल्लो तीन देखि चार वर्षमा देशमा मजदुरको कमी भएको छ ।’
२२ वर्षका किंग कितोवास्का कर्पोरेट एनालिस्ट हुन् । उनी लण्डनमा पढ्न गएकी थिइन् र त्यहाँ जागिर खान थालिन् । उनका अनुसार यो कानूनले युवामाझ केही आशा त पलाएको छ देश फिर्ता हुनका लागि यो पर्याप्त छैन । उनी भन्छिन्, ‘म पैसाको लागि मात्र लण्डनमा बसेको होइन । म लण्डनमा जुन काम गर्छु, त्यो पोल्याण्डमा गर्न सक्दिनँ ।’
अध्यागमन विशेषज्ञले सरकारको यो नीतिले काम नगर्ने प्रक्षेपण गरेका छन् । लण्डनको एक थिंक ट्याङ्क नेशनल इन्स्टिच्युट अफ इकोनोमिक एण्ड सोसल रिसर्चमा रोजगार र सामाजिक नीति समूहका प्रमुख हिथर राल्फले भने, ‘यो सबै पैसाबारे मात्रै होइन । ब्रिटेनमा युवा पोलिश प्रवासीमाथि गरिएको शोधमा उनीहरु स्वतन्त्रता र जीवनमा अघि बढ्नका लागि आफ्नो देश छोड्ने गरेको बताउँछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण