ल्याङ्ग्वेज सेन्टर सञ्चालक पक्राउ
मङ्गलबार, ०३ भदौ २०७६, १५ : ११
काठमाडौँ– प्रहरील काठमाडौं उपत्यकाभित्र विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका कीर्ते कागजात तथा छाप बनाउने धन्दामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
सरकारी कागजात र छाप बनाउने गिरोह सक्रिय रहेको भन्ने उजुरीका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सरकारी तथा गैह्र सरकारी छाप बनाउने कार्यमा संलग्न रहेका मेजुकी जापनीज ल्याङ्ग्वेज सेन्टर सञ्चालक बिनोद बरुवाल र रेनु लामालाइ पक्राउ गरेको हो ।
उनीहरुलाई बिभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका छाप तथा प्रमाण पत्र र बिभिन्न ब्यक्तिको नाममा जारी भएका राहदानीसहित भदौ २ काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैलाई दशी प्रमाणसहित आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण