हिटको ग्यारेन्टी बनेका आयुष्मानले बढाए पारिश्रमिक
बुधबार, ०४ भदौ २०७६, १२ : ५४
आयुष्मान खुराना ती सेलिब्रिटीमध्ये एक हुन् जसले आफ्नो बलबुँतामा उद्योगमा स्थान बनाएका छन् । उनलाई उनको शानदार अभिनयका लागि नेशनल अवार्डसमेत दिइएको छ । यस्तोमा उनको चर्चा बढ्नु स्वभाविक नै हो ।
रिपोर्टलाई मान्ने हो भने स्टारडम बढेपछि आयुष्मानले आफ्नो पारिश्रमिक बढाएका छन् । जानकारीका अनुसार आयुष्मानले विज्ञापन गर्नका लागि जुन पारिश्रमिक लिन्थे त्यसमा तीन गुणा बढोत्तरी गरेका छन् । यतिमात्र होइन, उनले आफ्नो फिल्मको पारिश्रमिक पनि बढाएका छन् । अब उनी पछि महँगा सेलिब्रिटीको सूचीमा समावेश भएका छन् ।
हुन त यसमा दुई मत छैन कि आयुष्मान हिट मात्रै नभई राम्रो व्यापारको पनि ग्यारेन्टी बनेका छन् । त्यसैकारण उनलाई अहिले अफरको कमी छैन । विशेष कुरा के छ भने हरेक फिल्ममा आयुष्मानको अभिनय पनि माझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण