मुसलधारे वर्षाका कारण चीनमा ८ जनाको मृत्यु, २६ बेपत्ता
एजेन्सी- चीनको दक्षिण पश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार घटनामा परी अरु २६ जना अझै बेपत्ता रहेकाले खोजी कार्य जारी छ ।
देशको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने सिचुवान प्रान्त र अबा तिब्बती तथा क्विङ स्वायत्त क्षेत्रमा मङ्गलबार मुसलधारे वर्षा भएको अधिकारीहरुले जनाएका छन् ।
बुधबार मध्याह्नमा पनि अत्यधिक वर्षा भएपछि सिर्जित प्राकृतिक प्रकोपबाट अरु छ जना घाइते भएका छन् भने एक लाखभन्दा बढी विस्थापित भएका छन् ।
विस्थापित भएकाहरुलाई आधारभूत सेवा सुविधाको व्यवस्थापन अत्यावश्यक भएको उद्धारकर्ताहरुले जनाएका छन् ।
प्रान्तीय आपत्कालीन व्यवस्थापन निकायले विस्थापित भएकाहरुलाई हेलिकोप्टरबाट खानालगायतका अत्यावश्यक वस्तुहरु पु¥याउदै गरेको जनाएको छ ।
अत्यधिक वर्षाले ३४ हजारभन्दा बढी पर्यटकहरु पनि विस्थापित हुनु परेको छ । उनीहरु वेन्चाउ क्षेत्रमा अल्पत्र परेका हुन् । तीमध्ये १३ हजारभन्दा बढी पर्यटक त बाटोमै परेको अधिकारीहरुको भनाइ छ ।
स्थानीय अधिकारीहरुले अप्ठ्यारोमा परेका पर्यटकहरुको उद्धार तथा व्यवस्थापनका लागि विषेश पहल गरिरहेको जनाएका छन् ।
अत्यधिक वर्षाका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार र राहत वितरण कार्य जारी रहेको समाचारमा जनाइएको छ । photo: Xinhua
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण