हुण्डाईको टप भेरियन्ट ‘भेन्यू’ सार्वजनिक
काठमाडौं– चर्चित अटो ब्राण्ड हुण्डाईको नयाँ मोडल ‘भेन्यू’ नेपाली बजारमा आएको छ । नेपालका लागि हुण्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले बिहिबार राजधानिमा एक कार्यक्रमको आयोजन गर्दै भेन्यू सार्वजनिक गरेको हो ।
भेन्यू हुण्डाईको आफ्नै कर्पोरेट शोरुम नक्साबाट सार्वजनिक भएको छ । भारतीय बजारमा केहि समयअघि मात्र सार्वजनिक भएको चर्चित सबकम्प्याट एसयूभी भेन्यूलाई कम्पनीले नाडा अटो शोलाई लक्षित गर्दै ल्याएको हो । भेन्यूको लन्च भएसँगै आजैबाट बजारमा बिक्री वितरण समेत सुरु भएको कम्पनीले जनाएको छ ।
भेन्यूको नेपाली सुरुवाती मूल्य ३४ लाख ९६ हजारदेखि अधिकतम टप भेरियन्टमा ५५ लाख ९६ हजार रुपैयाँसम्म तोकिएको कम्पनीले जानकारी दिएको छ । तर शुरुवाती चरणमा वा अफरमा किन्ने ग्राहकले १ लाख ३० हजार रुपैंया सम्म नगद छुट पाउने कम्पनीले जनाएको छ ।
नयाँ भेन्यू तीन इन्जिन अप्सनमा आएको छ । जसमा १.० लिटर टर्बो चार्ज्ड पेट्रोल, १.२ लिटर पेट्रोल र १.४ लिटर डिजल रहेको छ । १.० लिटर टर्बो कप्पा टी–जीडीआई पेट्रोल इन्जिनले १२० पीएसको पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ७ स्पीड अटोमेटिक र म्यानुअल ट्रान्समिशन दिइएको छ ।
भेन्यूको १.२ लिटर पेट्रोल इन्जिनले ८३ पीएसको पावर र ११५ एनएमको टर्क जनेरेट गर्छ । यो इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ । त्यस्तै १.४ लिटर डिजेल इन्जिनले ९० पीएसको पावर २२० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ ।
३९९५ एमएम लम्बाई, १७७० एमएम चौडाई र १५९० एमएम उचाई रहेको भेन्यूमा ह्वीलबेस २५०० एमएमको दिइएको छ । यी बाहेक अतिरिक्त फिचर्सहरुमा इलेक्ट्रिक सनरुफ, वायरलेस फोन चार्जिङ, एयर प्युरिफायर र क्रुज कन्ट्रोल जस्ता फिचरहरु भेन्यूमा समावेश गरिएको छ ।
हाल भेन्यू पोलार ह्वाइट, टाइपोन सिल्भर, फिरी रेड, डेनिम ब्लु, लाभा ओरेन्ज, स्टाड्र्स र डिप फरेष्ट गरी ७ कलर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण