पौडीमा सैयद र अदिप्साको कीर्तिमान
काठमाडौं- हंगेरीको बुडापेस्टमा जारी सातौं विश्व जुनियर पौडी प्रतियोगितामा नेपालका दुई जना खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएका छन् । एक सय मिटर बटरफ्लाईमा सैयद हम्जा शाहले तीन दशक अघिको राष्ट्रिय कीर्तिमान भंग गरेका हुन् । शाहले ०१.०१.२२ सेकेन्डको टाइमिङ निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।
यसअघि यो कीर्तिमान ०१.०३.४३ सेकेन्ड सहित आनन्द लेप्चाको नाममा थियो । लेप्चाले यो कीर्तिमान सन् १९८९ मा बनाएका थिए । यस्तै एक सय मिटर ब्रेस्ट स्टोकमा विद्या संस्कार स्कुलमा कक्षा १० मा अध्ययनरत अदिप्सा वैद्यले पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । वैद्यले ०१.२३.८९ सेकेन्डको टाइमिङ निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।
यसअघि यो कीर्तिमान ०१.२५.८२ सेकेन्ड सहित टिसा शाक्यको नाममा थियो । अगस्ट २५ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट समान चार जना पुरुष÷महिला खेलाडी सहभागी छन् । पुरुषमा सैयद हम्जा शाह, गौरव लामा, वैदज्ञराज जोशी र विकास कुमाल छन् । महिलातर्फ टीसा शाक्य, अदिप्सा वैद्य, युस्का महर्जन र अनुस्का पोखरेल सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण