महिलाको हत्या गरेर फरार व्यक्ति समातिए
बिहीबार, ०५ भदौ २०७६, २३ : ५८
सिन्धुपाल्चोक– महिलाको हत्या गरेर फरार एक व्यक्तिलाई इलाका प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मेलम्चीका इन्सपेक्टर महेन्द्र दर्नालको नेतृत्वमा खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोक साबिक थकनी गाबिस वडा नं ६ भई हाल मेलम्ची नगरपालिका वडा नम्बर ४ बस्ने तोक्सानी तामाङको हत्या गरेको आरोपमा फरार अभियुक्त उदयपुर साबिक बसाह गाबिस वडा नंम्बर ५ का श्याम बाबु तामाङलाई पक्राउ गरेको हो ।
अभियुक्त तामाङले साउन २८ गते तोक्सानी तामाङको घर निर्माण गरेको ज्याला ३२ हजार रुपैया नपाएको झोँकमा उनको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ ।
उनको खोजतलास गर्दै जाने क्रममा मेलम्ची नगरपालिका वडा नम्बर १३ स्थित छापभन्ज्याङबाट पक्राउ गरिएको इन्सपेक्टर दर्नालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण