विप्लव समूहका जनसरकार प्रमुख भनिएको ढकाल पक्राउ
शुक्रबार, ०६ भदौ २०७६, ०८ : २४
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएको प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।
सुनवल नगरपालिका–१३ बडेरास्थित घरबाटै गए राति ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यलयमा राखी आवश्यक अनुसन्धान थालिएको उनले बताए । ढकालसँगै पश्चिम नवलपरासीमा विप्लव समूहका अधिकांश नेताहरू यसअघि नै पक्राउ परिसकेका छन् ।
विप्लव समूहका जिल्ला इन्चार्ज सुमन ज्ञवाली यसअघि नै पक्राउ परी कारागारमा छन् भने पक्राउ परेका अन्य केही जिल्लास्तरका नेताहरूले विप्लव समूह परित्याग गरी धरौटीमा छुट्दै आएका पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण