विप्लव समूहका जनसरकार प्रमुख भनिएको ढकाल पक्राउ
शुक्रबार, ०६ भदौ २०७६, ०८ : २४
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएको प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।
सुनवल नगरपालिका–१३ बडेरास्थित घरबाटै गए राति ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यलयमा राखी आवश्यक अनुसन्धान थालिएको उनले बताए । ढकालसँगै पश्चिम नवलपरासीमा विप्लव समूहका अधिकांश नेताहरू यसअघि नै पक्राउ परिसकेका छन् ।
विप्लव समूहका जिल्ला इन्चार्ज सुमन ज्ञवाली यसअघि नै पक्राउ परी कारागारमा छन् भने पक्राउ परेका अन्य केही जिल्लास्तरका नेताहरूले विप्लव समूह परित्याग गरी धरौटीमा छुट्दै आएका पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ
-
लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह
-
इलाममा सौतेनी आमाको हत्या गर्ने पक्राउ
-
‘बजेट जनसङ्ख्याको आधारमा नभइ ठुलो, विकट भूगोल र सूचकाङ्कको आधारमा बाँडफाँट हुनुपर्छ’
-
माङसेबुङमा डकेन्द्रको दबदबा, पाँच नम्बर वडामा एकलौटी
-
५९ औँ विद्यार्थी दिवसको अवसरमा डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने