पक्राउ परेका विप्लव समूहका जनपरिषद् प्रमुख ७१ वर्ष, यस्तो थियो मुद्दा
शुक्रबार, ०६ भदौ २०७६, १२ : ०६
बुटवल । युवाहरुको जमात रहेको बताइने नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आवद्ध ७१ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
नवलपरासी प्रहरीले पश्चिम नवलपरासीका जिल्ला जनपरिषद् प्रमुख ७१ बर्षीय प्रेम प्रसाद ढकाल (पृथ्वी) लाई पक्राउ गरेको हो । जिल्ला स्तरमा सक्रिय रहेका ढकालको उमेर पछिमात्र खुलेको हो ।
ढकाललाई २०७५ साल फागुन २९ गते सो पार्टीको नेपाल बन्दको पूर्वसन्ध्यामा राजमार्गमा दुईवटा ट्रकमा आगो लगाई संगठित अपराध मुद्धामा फरार रहेकोले पक्राउ गरिएको पश्चिम नवलपरासीका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
सुनुवल –१३ मा डेरा गरि बस्ने ढकाललाई सुनुवल इलाका प्रहरी कार्यालयको टोलीले सोही स्थान नजिकैबाट पक्राउ गरेको हो । उनी जिल्ला कमिटी सदस्य समेत रहेको डीएसपी थापाले बताए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
