कास्मिर समस्या समाधानमा भूमिका खेल्न नेपाललाई पाकिस्तानको आग्रह
काठमाडौँ– पाकिस्तानले कास्मिर समस्यालाई लिएर नेपाललाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को अध्यक्षको हैसियतले शान्ति तथा स्थिरताका लागि भूमिका खेल्न ध्यानाकर्षण गराएको छ । पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोन गर्दै ध्यानाकर्षण गराएका हुन् ।
टेलिफोन सम्पर्कपछि ‘विदेशमन्त्री (कुरेसी)ले नेपाललाई सार्कको अध्यक्षको रुपमा शान्ति तथा स्थायित्वका लागि भूमिका खेल्न आग्रह गर्नुभएको छ’, पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि भनिएको छ, ।
पाकिस्तानी विदेशमन्त्री शाह र परराष्ट्रमन्त्री ज्ञवालीबीच बिहीबार राति फोनवार्ता भएको हो । यद्यपि नेपाल पक्षले अहिलेसम्म केही खुलाएको छैन । हाल भारतले कस्मिरमा हुनसक्ने सम्भावित हिंसालाई ध्यानमा राख्दै पूरै क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
गत ५ अगस्टमा भारत सरकारले कस्मिर राज्यलाई दिँदै आएको विशेष दर्जा खारेज गरेको थियो । तर, दूर्भाग्य सार्क वडापत्रका अनुसार नेपालले दुई पक्षीय मामिलामा औपचारिक ढंगले कुनै भुमिका निर्वाह गर्न सक्दैन ।
नेपालले गर्न सक्ने भनेको असल छिमेकीको नाताले आफ्ना दुवै छिमेकी मुलुकलाई समस्याको न्यायोचित र शान्तिपूर्ण समाधान खोज्न आग्रह गर्न मात्रै सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण