कास्मिर समस्या समाधानमा भूमिका खेल्न नेपाललाई पाकिस्तानको आग्रह
काठमाडौँ– पाकिस्तानले कास्मिर समस्यालाई लिएर नेपाललाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को अध्यक्षको हैसियतले शान्ति तथा स्थिरताका लागि भूमिका खेल्न ध्यानाकर्षण गराएको छ । पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोन गर्दै ध्यानाकर्षण गराएका हुन् ।
टेलिफोन सम्पर्कपछि ‘विदेशमन्त्री (कुरेसी)ले नेपाललाई सार्कको अध्यक्षको रुपमा शान्ति तथा स्थायित्वका लागि भूमिका खेल्न आग्रह गर्नुभएको छ’, पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि भनिएको छ, ।
पाकिस्तानी विदेशमन्त्री शाह र परराष्ट्रमन्त्री ज्ञवालीबीच बिहीबार राति फोनवार्ता भएको हो । यद्यपि नेपाल पक्षले अहिलेसम्म केही खुलाएको छैन । हाल भारतले कस्मिरमा हुनसक्ने सम्भावित हिंसालाई ध्यानमा राख्दै पूरै क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
गत ५ अगस्टमा भारत सरकारले कस्मिर राज्यलाई दिँदै आएको विशेष दर्जा खारेज गरेको थियो । तर, दूर्भाग्य सार्क वडापत्रका अनुसार नेपालले दुई पक्षीय मामिलामा औपचारिक ढंगले कुनै भुमिका निर्वाह गर्न सक्दैन ।
नेपालले गर्न सक्ने भनेको असल छिमेकीको नाताले आफ्ना दुवै छिमेकी मुलुकलाई समस्याको न्यायोचित र शान्तिपूर्ण समाधान खोज्न आग्रह गर्न मात्रै सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार मसान्तसम्म अनिवार्य अवकाशमा जाँदैछन् ४ सचिव र १६ सहसचिव (सूची)
-
क्रिएटिभ विद्यालयसँग ७१ रनले हार्यो नेक्सस इन्टरनेशनल
-
नीति तथा कार्यक्रमप्रति रिटर्नी फेडेरेसन नेपालको असन्तुष्टि
-
जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेटमा रेडियन्ट रिडर्सको सहज जित
-
विद्युत नियमन आयोगविरूद्ध किन खनिए ऊर्जामन्त्री ?
-
राष्ट्रिय गौरवको आयोजनाका लागि छुट्टै कानुन बनाउन सांसदहरूको जोड