रौतहट प्रहरीद्वारा ४६ सवारी साधनसहित डेढ करोडको अबैध सामान बरामद
रौतहट- रौतहट प्रहरीले ठुलो परिमाणमा अबैध भारतीय सामानका साथै तीनवटा चारपांग्रे गाडी र ४३ वटा मोटरसाईकल बरामद गरेको छ । सिमावर्ती भारतीय बजारहरुबाट भन्सार छली तस्करीको माध्यमले रौतहट भित्र्याउने क्रममा अबैध कपडा, किराना, कस्मेटिक्स, लगायतका डेढ करोड मूल्यभन्दा बढीको सामान र उक्त गाडी प्रहरीले बरामद गरेको हो ।
यो वर्षको चार महिनाभित्र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विषेश टोली र जिल्लाका विभिन्न युनिटले कूल १ करोड, ५९ लाख, चार सय ३९ रुपैयाँ बराबरको अबैध भारतीय सामान बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता नविन कार्कीले बताए ।
सोही अवधिमा तस्करीमा प्रयोग गरिएको तीनवटा चारपांग्रे गाडी र ४३ थान मोटरसाईकल बरामद गरेको प्रवक्ता कार्कीले बताए । पछिलो समय रौतहटमा तस्करी बढदै गएको गुनासो आउन थालेपछि प्रहरीले सो कदम चालेको थियो ।
साथै सो क्रममा तस्करीमा संलग्न ११ जना तस्कर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्लाको सिमावर्ती भारतीय बजार बैरगनिया, कुण्डवा चैनपुर, घोडाशहन, छौडादानो लगायतका बजारबाट तस्करहरुले विभिन्न भारतीय सामान खरिद गरी नरकटिया, राजपुर, बंकुल र कचोर्वा नाकाबाट सामान जिल्लामा भित्र्याउने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण