भारतीय प्रधानमन्त्री मोदी युएईको ‘अर्डर अफ जायेद’ बाट सम्मानित
नयाँ दिल्ली-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त अरब ईमिरेट्स (युएई) को सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ जायेद’ बाट शनिबार सम्मानित गरिएको छ । यो सम्मान पाउने उनी भारतका पहिलो प्रधानमन्त्री हुन् ।
युएईमा उच्चस्तरीय भेटवार्तापछि शनिबार उनलाई उक्त सम्मानले सम्मानित गरिएको थियो । यो सम्मान विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुलाई युएई सरकारले प्रदान गर्ने प्रतिष्ठित सम्मान हो ।
यूएई भ्रमणमा रहेका भारतीय प्रधानमन्त्रीले अरब क्षेत्र तथा एशिया क्षेत्रमा देखिने गरेका आतङ्कवादी गतिविधिप्रति चिन्ता प्रकट गर्दै भने, “आतङ्कवादविरुद्धको लडाईमा भारत सधैँ युएईको साथ रहेको छ ।”
युएईका संस्थापक शेख जायेद विन सुल्तान अल नहयानको नाममा स्थापना गरिएको उक्त सम्मानबाट सन् २००७ मा रुसका राष्ट्रपति भल्लादिमिर पुटिन, सन् २०१६ मा बेलायती महारानी एलिजावेथ र सन् २०१८ मा चिनियाँ राष्ट्रपति सि चिनफिङ सम्मानित भइसक्नुभएको युएईको विदेश मन्त्रालयले बताएको छ ।
सम्मानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम गत अप्रिलमा चयन भएको थियो । -एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण