सीडीओलाई ‘थप्पड’ हान्ने कुरा गर्नेलाई प्रहरीले समात्यो
आइतबार, ०८ भदौ २०७६, १३ : ३८
१
काठमाडौं–सामाजिक सञ्जाल फेसबुकमार्फत पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई गाली गलौज गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको सिम्रनगढ घर भइ श्री कंकाली अटो ट्रेडर्सका सञ्चालक शन्नि कुमार गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
गुप्ताले वीरगन्जमा कपडा बैंक खोल्नका लागि सीडीओले असहयोग गरेको भन्ने आशयको स्टाटस मिम वीरगन्जले लेखेपछि त्यसमा सीडीओलाई लक्षित गर्दै कमेन्ट गरेका थिए ।
उनले ‘सेवा गर्नको लाइसेन्स चाहिने त्यो सीडीओलाई थप्पड हान्नु भएन.....?’ भन्दै सामाजिक सञ्जालमा अपाच्य कमेन्ट गरेका थिए । सोही आधारमा उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण