बाघको आक्रमणमा परी एक वृद्धको मृत्यु
आइतबार, ०८ भदौ २०७६, १३ : ४७
बर्दिया– बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ७ः ३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको मृत्यु भएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट घरबाट नजिकै रहेको बङ्गुरलाई दाना हाल्दै गर्दा एक्कासी बाघले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बङ्गुरलाई दाना हाल्दै गर्दाको समयमा थारूलाई एक्कासी पाटेबाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए ।
थारुको घटनास्थलमै मृत्यु भएको थियो । बर्दियामा केही दिनयता बाघ बढेसँगै वन तथा निकुञ्जबाट बाहिर निस्केर आक्रमण गर्ने क्रम बढेको स्थानीय बासिन्दाको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण