सरोकार समितिले माग्यो उपकुलपतिको राजीनामा
आइतबार, ०८ भदौ २०७६, १७ : २०
घोराही – ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऊ अभियान’ नाममा केही दिनअघि गठित सरोकार समितिले प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीको राजीनामा माग गरेको छ ।
विभिन्न पेशा, व्यवसायी, अधिकारको क्षेत्रमा काम गरिरहेका व्यक्तिले स्वस्फूर्तरुपमा गठन गरेका अभियानले प्रष्तिठानको वास्तविक अवस्था अध्ययन गरी उपकुलपतिको राजीनामा नै उपयुक्त उपाय भएको ठहर गर्दै राजीनामासमेत मागेको हो ।
अभियानका अगुवा विकिरण गौतमको नेतृत्वमा आज अपराह्न उक्त प्रतिष्ठान पुगेको टोलीले रजिष्ट्रार रामप्रसाद प्याकुरेललाई राजीनामा माग्नु पर्नाको कारणसहित पत्र बुझाएको थियो ।
राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्तरोन्नति हुँदा पनि जिल्लावासीले चाहे अनुसारको सेवासुविधा नपाएको उपकुलपतिकै कारण प्रतिष्ठान धरासायी बनेको उनीहरुको आरोप थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण