सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई अध्यक्ष मिलेर अगाडि बढ्न प्रचण्डलाई राष्ट्रपतिको सुझाव

आइतबार, ०८ भदौ २०७६, १७ : ३६
आइतबार, ०८ भदौ २०७६

काठमाडौँ– आईतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

भेटमा राष्ट्रपति भण्डारीले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर अगाडि बढ्न सुझाव दिएकी छन् । राष्ट्रपति भण्डारीसँगको भेटपछि प्रचण्डले त्यसबारे केही नेतालाई ब्रिफिङ् गरेका थिए ।

राष्ट्रपति भण्डारीले दुई अध्यक्ष मिलेमात्रै पार्टी सहि दिशामा जाने भन्दै सहमतिमा अगाडि बढ्न प्रचण्डलाई सुझाव दिएको प्रचण्ड निकट एक नेताले रातोपाटीलाई बताए ।  ती नेताका अनुसार राष्ट्रपति निवास शीतल निवासमा झन्डै दुई घण्टा भएको भेटमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे पनि सामान्य छलफल भएको थियो ।

पछिल्लो समय पार्टीभित्रको विवाद मिलाउन समेत भूमिका खेलेको बताउने गरिएको छ ।  भदौ ५ गते बसेको सचिवालय बैठकले अर्का अध्यक्ष ओलीको अनुपस्थितिमा पनि प्रचण्डले बैठक बोलाउने र एकीकरणका बाँकी काम टुङ्ग्याउने निर्णय गरेको थियो । पार्टी एकताको १५ महिनापछि कार्यकारी अधिकार पाएका प्रचण्डले केही दिनमै सचिवालय बैठक बोलाउने तयारी गरेका छन् । 

प्रधानमन्त्री एवम् अर्का अध्यक्ष उपचारका लागि सिंगापुरमा छन् । सोही बेला राष्ट्रपति भण्डारीले अध्यक्ष प्रचण्डलाई छलफलको लागि बोलाएकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप