दुई अध्यक्ष मिलेर अगाडि बढ्न प्रचण्डलाई राष्ट्रपतिको सुझाव
काठमाडौँ– आईतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
भेटमा राष्ट्रपति भण्डारीले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर अगाडि बढ्न सुझाव दिएकी छन् । राष्ट्रपति भण्डारीसँगको भेटपछि प्रचण्डले त्यसबारे केही नेतालाई ब्रिफिङ् गरेका थिए ।
राष्ट्रपति भण्डारीले दुई अध्यक्ष मिलेमात्रै पार्टी सहि दिशामा जाने भन्दै सहमतिमा अगाडि बढ्न प्रचण्डलाई सुझाव दिएको प्रचण्ड निकट एक नेताले रातोपाटीलाई बताए । ती नेताका अनुसार राष्ट्रपति निवास शीतल निवासमा झन्डै दुई घण्टा भएको भेटमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे पनि सामान्य छलफल भएको थियो ।
पछिल्लो समय पार्टीभित्रको विवाद मिलाउन समेत भूमिका खेलेको बताउने गरिएको छ । भदौ ५ गते बसेको सचिवालय बैठकले अर्का अध्यक्ष ओलीको अनुपस्थितिमा पनि प्रचण्डले बैठक बोलाउने र एकीकरणका बाँकी काम टुङ्ग्याउने निर्णय गरेको थियो । पार्टी एकताको १५ महिनापछि कार्यकारी अधिकार पाएका प्रचण्डले केही दिनमै सचिवालय बैठक बोलाउने तयारी गरेका छन् ।
प्रधानमन्त्री एवम् अर्का अध्यक्ष उपचारका लागि सिंगापुरमा छन् । सोही बेला राष्ट्रपति भण्डारीले अध्यक्ष प्रचण्डलाई छलफलको लागि बोलाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण