अब सिंहदरबारभित्रै परम्परागत शैलीको आधुनिक संसद् भवन
केही वर्षपछि सांसदहरूले भाडाको भवनमा बैठक बस्नुपर्ने बाध्यता हट्ने भएको छ । सरकारले सिंहरदबारभित्र तीन वर्ष्भित्र निर्माण सम्पन्न हुने गरी प्रतिनिधिसभामा ९ सय र राष्ट्रिय सभामा ६ सय जना अट्ने भवन निर्माण गर्ने भएको छ ।
पहिलो संविधानसभाको निर्वाचनपछि हालसम्म सांसदहरू नयाँ बानेश्वरस्थित अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा भाडाको भवनमा बैठक बस्दै आएका छन् । सिंहदरबारभित्र बन्ने नयाँ संसद् भवनको निर्माण सम्पन्न भएसँगै भाडाको भवन प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भएको हो ।
सरकारले भवन निर्माणका लागि आवेदन दिएका निर्माण कम्पनीको छनोटअन्तर्गत मूल्यांकनको काम गरिरहेको छ । सहरी विकास मन्त्रालयका प्रवक्ता तथा सहसचिव कृष्णप्रसाद दवाडीले मूल्यांकनको काम धमाधम भइरहेको र अब चाँडै भवन निर्माण सुरु हुने बताए । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण