नेकपा सचिवालय बैठक : नवप्रवेशी चार नेता केन्द्रीय सदस्यमा मनोनित
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी प्रवेश गरेका चार नेतालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ ।
तत्कालिन नयाँ शक्ति नेपाल र प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट पार्टी प्रवेश गरेकाहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
यसरी मनोनित हुनेमा पदम राई, किरण राई, कल्पना धमला र देवेन्द्र पराजुली रहेका छन् ।
पार्टी विधानमा रहेको केन्द्रीय सदस्यमा १० प्रतिशत थप गर्ने व्यवस्थाअनुसार उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो ।
योसँगै नेकपाको केन्द्रीय कमिटी ४४५ सदस्यीय बनेको छ ।
सोमबार कार्यकारी अधिकार प्राप्त गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा आज पहिलो पटक सचिवालय बैठक बसेको हो ।
यसैगरी, बैठकले जिल्लाका इन्चार्ज र सह–इन्चार्ज तथा विभाग÷जनवर्गीय संगठनका इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ ।
सँगै, आजको बैठकले केन्द्रीयदेखि स्थानीय तहसम्मका नेता–कार्यकर्ताहरुका पार्टीसँग सम्बन्धित असन्तुष्टि पार्टी कमिटीमा राख्नुपर्ने निर्णय गरेको छ । यदि त्यसो नगरिए स्पष्टिकरण सोध्नेदेखि कारवाहीसम्म गरिने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण