पत्रकार पुर्नबहाली गर्न प्रतिपक्षीको माग
काठमाडौं– प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँणले डोटी र दिपायलमा कार्यरत रेडियो नेपालका पत्रकारलाई पुर्नबहाली गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले झण्डै एकदशकभन्दा बढी समयसम्म कार्यरत श्रमजीवी पत्रकार प्रकाश बम, सुनिता रावल र चक्र कुँवरलाई हटाइएकाले पुनःबहाली गर्न माग गरेका थिए ।
बैठकमा सांसदहरू तेजुलाल चौधरी, दामोदर भण्डारी, दिलकुमारी, दुर्गाकुमारी विश्वकर्मा, देवप्रसाद तिमल्सिना, नारायणप्रसाद मरासनीले असार २६ गते र त्यसपछिको लगातार वर्षाका कारण पहाडमा पहिरो र तराईमा नदीले हजारौं रोपनी जमीन मरभूमितुल्य बनाएकाले बाढीपीडितलाई राहत र खोला नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसदहरु देवप्रसाद गुरुङले रेञ्जर बटालिएन खारेज गर्न, देवेन्द्र पौडेलले राजमार्ग स्तरोन्नति गर्न र नवीना लामाले त्रिभुवन विश्वविद्यालयअन्तर्गत माइक्रोबायोलोजिका विद्यार्थीको माग सम्बोधन गर्न सरकारसँग माग गरेका थिए । यसैगरी सांसदहरु नवराज राउतले कर्णालीको राजधानी सुर्खेतस्थित शिखर शैली मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न, नवराज सिलवालले निजी अस्पताल तत्काल अनुगमन गर्न, नारायणप्रसाद खतिवडाले नुवाकोटकी बेपत्ता नागरिक चिनीमाया तामाङको खोजी गर्न र प्रमिला राईले डेङ्गु रोग नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा गहुँ उत्पादन घट्यो
-
आधा छोटो बनाइयो सरकारको नीति तथा कार्यक्रम, भोलि सार्वजनिक हुने
-
सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव छ : प्रधानमन्त्री ओली
-
सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधि मार्फत सोझै सम्पर्क गराउने सरकारको प्रयास
-
सरकारसँगको सहमतिपछि नेपाल शिक्षक महासङ्घको बैठक बस्दै