पत्रकार पुर्नबहाली गर्न प्रतिपक्षीको माग
काठमाडौं– प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँणले डोटी र दिपायलमा कार्यरत रेडियो नेपालका पत्रकारलाई पुर्नबहाली गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले झण्डै एकदशकभन्दा बढी समयसम्म कार्यरत श्रमजीवी पत्रकार प्रकाश बम, सुनिता रावल र चक्र कुँवरलाई हटाइएकाले पुनःबहाली गर्न माग गरेका थिए ।
बैठकमा सांसदहरू तेजुलाल चौधरी, दामोदर भण्डारी, दिलकुमारी, दुर्गाकुमारी विश्वकर्मा, देवप्रसाद तिमल्सिना, नारायणप्रसाद मरासनीले असार २६ गते र त्यसपछिको लगातार वर्षाका कारण पहाडमा पहिरो र तराईमा नदीले हजारौं रोपनी जमीन मरभूमितुल्य बनाएकाले बाढीपीडितलाई राहत र खोला नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसदहरु देवप्रसाद गुरुङले रेञ्जर बटालिएन खारेज गर्न, देवेन्द्र पौडेलले राजमार्ग स्तरोन्नति गर्न र नवीना लामाले त्रिभुवन विश्वविद्यालयअन्तर्गत माइक्रोबायोलोजिका विद्यार्थीको माग सम्बोधन गर्न सरकारसँग माग गरेका थिए । यसैगरी सांसदहरु नवराज राउतले कर्णालीको राजधानी सुर्खेतस्थित शिखर शैली मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न, नवराज सिलवालले निजी अस्पताल तत्काल अनुगमन गर्न, नारायणप्रसाद खतिवडाले नुवाकोटकी बेपत्ता नागरिक चिनीमाया तामाङको खोजी गर्न र प्रमिला राईले डेङ्गु रोग नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण