लुकाकुको डेब्यु खेलमा इन्टरको सुखद सुरुवात
इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा सुखद सुरुवात गरेको छ । घरेलु मैदानमा सोामबार राति भएको खेलमा इन्टर मिलानले लिसलाई ४–० गोलले हरायो ।
सिजनको पहिलो खेलसँगै इन्टरमा डेब्यु गरेका स्टार स्ट्राईकर रोमेलु लुकाकु र प्रशिक्षक एन्टोनियो कोन्टेका लागि पनि पहिलो खेल सुखद बन्यो । लुकाकु यसै सिजन इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इन्टर पुगेका हुन् । लुकाकुले डेब्यु खेलमै गोल पनि गरे । कोन्टे पनि यसै सिजन चेल्सी छाडेर इन्टरको प्रशिक्षक बनेका हुन् ।
एकपक्षीय खेलमा इन्टर मिलानले पहिलो र दोस्रो हाफमा दुई दुई गोल गरेको थियो । इन्टरका मार्सेलो ब्रोजोभिकले २१औं मिनेटमा खाता खोले । २४औं मिनेटमा स्टेफानो सेन्सीले गोलगर्दै इन्टरको अग्रता दोब्बर बनाए । ६०औं मिनेटमा रोमेलु लुकाकुले तेस्रो गोल गरेका थिए । त्यसपछि ८४औं मिनेटमा एन्टोनियो क्यानड्रेभाले गोलगर्दै इन्टरलाई फराकिलो जित दिलाए । सिजनको पहिलो जितसँगै इन्टरले एक अंक बनाएको छ । लिसले हारबाट सिजनको सुरुवात गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण