अरिङ्गालको टोकाइबाट विद्यार्थीको मृत्यु
मङ्गलबार, १० भदौ २०७६, ११ : २८
बुटवल–अरिङ्गालको टोकाइबाट अर्घाखाँचीको सन्धिखर्क ५ का १५ बर्षीय किशाेर नन्द बहादुर मुखियाको ज्यान गएको छ ।
स्थानीय गोपेश्वर आधारभूत विद्यालयमा कक्षा ५ मा अध्यनरत नन्द बहादुर स्कुल जानेक्रममा घर नजिकै बलेवाङ स्थित रूखमा चढेर कटहर खानेक्रममा अरिंगालले टोकेको थियो ।
अरिंगालको टोकाईबाट घाईते भएको गाउँलेले देखेपछि मुखियाँलाई उपचारको लागि जिल्ला अस्पताल पुर्याएका थिए । जिल्ला अस्पतालले बुटवल रिफर गरेपनि समयमा उपचार पाउन नसकेपछि उनको मृत्यु भएको बताइएको छ ।
उपचार गर्दा गर्दै अचेत भएका मुखियालाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अहिले शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।
गत पाल्पामा जिल्ला पनि अरिंगालको टाईकाबाट एक युवा ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोडारीलाई विश्वासको मत दिन एमाले केन्द्रको निर्देशन
-
कांग्रेसले बजेट ल्याउन नदिए संविधान अनुसार सरकार अघि बढ्छ : ठाकुर गैह्रे
-
सङ्घीयतालाई थप बलियो बनाउने गरी योजनाहरू कार्यान्वयनमा ल्याइने
-
कार्यकर्तामुखी बजेट ल्याउने पूर्वअभ्यास गरियो : महत
-
काठमाडौँ महानगरले फल्चा शैलीमा निर्माण गरेको बस बिसौनी सञ्चालनमा (तस्बिरहरू)
-
संसदीय छानबिन समिति नबनेसम्म नीति तथा कार्यक्रममा छलफल हुँदैन : कांग्रेस