‘छुटेका अनुहार’लाई यस वर्षको पद्मश्री साहित्य पुरस्कार
काठमाडौं– यस वर्षको पद्मश्री साहित्य पुरस्कार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’लाई अर्पण गरिने भएको छ ।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले निबन्धकार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’लाई सो पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।
छुटेका अनुहारमा लेखक रमेश सायनले आफैँले भेटेर छुटेका केही अनुहार र तिनको मनोवृत्तिको सूक्ष्म चित्रण अनुभूतिको गहिराइसम्म पुगेर कलात्मक शैलीमा पस्तुत गरेका छन् ।
त्यस्तै यस वर्षको पद्मश्री साधना सम्मान इतिहासविद् तथा संस्कृतज्ञ डा महेशराज पन्तलाई अर्पण गर्ने निर्णय गरिएको खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।
दुईसय भन्दा बढी शोधलेखका साथसाथै ६ वटा पुस्तक प्रकाशित गरेका महेशराज पन्त नेपाली भाषा, संस्कृति, इतिहासका अन्वेषक हुन् ।
पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशि दुई लाख रुपैँया रहेको छ ।
२०६३ सालदेखि प्रतिष्ठानले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएकोको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।
त्यस्तै २०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।
दुवै सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि सेवा आयोगका सदस्यमा प्राडा अजय भट्टराई नियुक्त
-
पार्किङमा राखेका गाडी चोरेको आरोपमा युवक पक्राउ
-
एमाले संसदीय दल बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल
-
सन्दीपबारे निर्णय गर्न क्यान बैठक बस्ने
-
सन्दीपले सफाइ पाएपछि समर्थकको खुसीयाली, तस्बिरहरू
-
गृहमन्त्री लामिछानेसँग माफी मागे डा.निकोलस भुसालले