राष्ट्रियसभाको सरोकार समिति कर्णाली जाने
काठमाडौं– राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कर्णाली क्षेत्रको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ । समितिको मंगलबार बसेको बैठकले कर्णाली क्षेत्रको विकाश निर्माण सम्बन्धमा स्थलगत अध्ययन गर्ने भएको हो ।
कर्णालीको विकासको सम्बन्धमा धेरै प्रयास भए पनि अपेक्षित प्रतिफल आउन नसकेको गुनासो बढिरहेको बेला समितिले स्थलगत अध्ययन गर्ने भएको छ । कर्णाली क्षेत्रमा बसोबास गर्ने जनताको दैनिकी र जीवनस्तर समेत मानव सूचकांकको आधार बिन्दुभन्दा तल रहेको छ ।
समितिले आफ्नो स्थलगत अध्ययन भ्रमणमा विकाश निर्माण, सामाजिक विकास, शिक्षा, उद्योग, पर्यटन, प्राकृतिक स्रोत–सम्पदा समेतको अध्ययन गर्ने कार्यसूची बनाइएको छ । समितिले स्थलगत अध्ययन भ्रमणले विकासमा भएको बाधा फुकाउन सहयोग पुग्ने र स्थानीयको गुनासो समेत सुनिने भएकोले अध्ययन भ्रमण महत्वपूर्ण हुने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण