नाडा अटो शो २०१९ : यस्तो छ सङ्गयोङ्गको मुस्सो (भिडियो)
काठमाडौं । राजधानिमा वृहत अटो मेला ‘नाडा अटो सो २०१९’ चलिरहेको छ । मंगलबारदेखि काठमाडौँको भृकुटी मण्डपमा सञ्चालित प्रदर्शनीमा अटो व्यवसायीहरुले कोभन्दा को कमको प्रतिस्पर्धामा आफ्ना ब्राण्ड तथा गाडीहरु उतारिहेका छन् ।
यस्तैमा कोरियन ब्राण्ड सङ्गयोङ्ग पनि नाडामा नयाँ गाडी लिएर प्रदर्शनमा उत्रिएको छ । सङ्गयोङ्गका लागि नेपालको आधिकारीक वितरक आईएमएस मोटर्सले एसयुभी सेग्मेन्टको नयाँ मोडल एसयुटी मुस्सोलाई नाडाको मुख्य प्रदर्शन बनाएको हो ।
सङ्गयोङ्गको मुस्सो कोरियामा उत्पादन गरिएको गाडी हो । यसमा २ हजार दुई सय सीसी इन्जिन क्षमतामा रहेको छ । चार सिलिन्डरमा उपलब्ध मुस्सोले ४ हजार आरपीएममा एक सय ८१ पीएसको अधिकतम पावर दिन्छ भने, एक हजार ४ सय देखि दुई हजार ८ सय आरपीएममा अधिकतम ४ सयको टक्र्यु उत्सर्जन गर्दछ । कार छ गियर स्पिड म्यानुअल ट्रान्सिमिसनमा उपलब्ध छ ।

फोर ह्वील ड्राईभमा उत्पादन गरिएको मुस्सोको ग्राउण्ड क्लियरेन्स २२० एमएम रहेको छ ।

मुस्साको नेपाली बजार मूल्य ७५ लाख ९९ हजार रहेपनि नजिकिदै गरेको दशैंतिहार र नाडा अटो सोको अवसरमा ग्राहकहरुलाई छुट दिँदै ७३ लाख ९९ हजारमै उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
साथै विशेष अफरमा सङ्गयोङ्गको जुन कुनै गाडीको खरिदमा ५ वर्षसम्मको निःशुल्क सर्भिसिङ्ग सेवा, एक वर्षको रोड ट्याक्स र ३ वर्ष वा १६ हजार किलोमिटरको वारेन्टी प्रदान गरिने कम्पनीले बताएको छ ।

बाँकी भिडियोमार्फत् हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
