बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्री  महासेठको गाडीमा ट्राफिक प्रहरीले लगायो ‘ह्विल लक'

बुधबार, ११ भदौ २०७६, १८ : ३८
बुधबार, ११ भदौ २०७६

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको गाडीमा ट्राफिक प्रहरीले ह्विल लक गरेको छ। मन्त्री महासेठ चढ्ने बा २ झ ४८६२ नम्बरको गाडीमा नयाँ बानेश्वरमा बुधबार अनधिकृत रुपमा गाडी पार्किङ गरेको भेटिएपछि ट्राफिक प्रहरीले ह्विल लक गरेको हो।

नो पार्किङ एरियामा पार्किङ गरी राखिएकाले कारबाही गरिएको ट्राफिक प्रहरी स्रोतले जनाएको छ । यसअघि  गत असार ११ गते अनाधिकृत रुपमा पार्किङ गरिएको गृह प्रवक्ताको गाडीमा ट्राफिक प्रहरीले ह्विल लक थियो ।

गृह प्रवक्ता रामकृष्ण सुवेदीको बा २ झ ४३८८ नम्बरको गाडीमा सिँहदरबार नजिकै ट्राफिक प्रहरीले ह्विल लक गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप