मन्त्री महासेठको गाडीमा ट्राफिक प्रहरीले लगायो ‘ह्विल लक'
बुधबार, ११ भदौ २०७६, १८ : ३८
काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको गाडीमा ट्राफिक प्रहरीले ह्विल लक गरेको छ। मन्त्री महासेठ चढ्ने बा २ झ ४८६२ नम्बरको गाडीमा नयाँ बानेश्वरमा बुधबार अनधिकृत रुपमा गाडी पार्किङ गरेको भेटिएपछि ट्राफिक प्रहरीले ह्विल लक गरेको हो।
नो पार्किङ एरियामा पार्किङ गरी राखिएकाले कारबाही गरिएको ट्राफिक प्रहरी स्रोतले जनाएको छ । यसअघि गत असार ११ गते अनाधिकृत रुपमा पार्किङ गरिएको गृह प्रवक्ताको गाडीमा ट्राफिक प्रहरीले ह्विल लक थियो ।
गृह प्रवक्ता रामकृष्ण सुवेदीको बा २ झ ४३८८ नम्बरको गाडीमा सिँहदरबार नजिकै ट्राफिक प्रहरीले ह्विल लक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण