पञ्चदान पर्व मनाइयो (फोटोफिचर)
काठमाडौं– आज काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा पञ्चदान पर्व मनाइएको छ । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीको दिनमा मनाइन्छ । काठमाडौं लगायत भक्तपुर, थिमि, बनेपा, साँखु, पनौती लगायतका स्थानमा यस पर्व मनाउने गरिन्छ।
भक्तपुरमा यस पर्वलाई मनाइएको छ। यो पर्वलाई दान दिवसको रुपमा समेत लिने गरिन्छ। पाँच प्रकारको अन्नलाई दान गरिने हुँदा यस पर्वलाई पञ्चदान (पञ्ज्राँ) भन्ने गरिएको बताइन्छ। यो दान पाँचवटा बुद्धलाई गरिने दान हुँदा पनि पञ्चदान (पञ्ज्राँ) भनिएको हो भनेर पनि कतै–कतै भन्ने गरिन्छ। पाँच प्रकारका बस्तुमा अन्न (चामल, धान, गँहु , जौ आदि), गेडागुडी , फलफूल , सख्खर पानी (सर्बत) र औषधी पर्दछन् ।
आज बौद्ध धर्मावलम्बीहरुले द्यःब्वया पञ्जराँ जा अर्थात खीर पकाउने गर्दछन्। तसर्थ आजको दिनलाई खीर खाने दिनको पनि लिने गरिन्छ। आज यहाँका पाँचवटा विहारहरुमा स्थापित पाँच दीपंकर बुद्धलाई नगर परिक्रमा गराएर त्यसको पछिपछि दान लिने गृहस्थ भिक्षुहरु आउने गर्दछन् ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण