मुलुक कम्युनिस्ट स्टेट बन्ने खतरा बढ्यो : सभापति देउवा
बुधबार, ११ भदौ २०७६, १९ : १८
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले देशलाई कम्युनिस्ट स्टेट बनाउने खतरा बढ्दै गएको बतएका छन् ।
बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा सभापति देउवाले सरकार प्रजातन्त्रका सबै मुलभूत कुराहरु मास्दै गएकोले कम्युनिस्ट स्टेट बनाउन खोजेको बताए । उनले भने, ‘सरकार प्रजातन्त्र विरोधी, मानवाधिकार विरोधि, प्रेस स्वतन्त्रता विरोधि काम गरिरहेको छ । अब सरकारविरुद्ध एकजुट आवश्यक देखिएको छ । सबैलाई एकजुट हुन मेरो आग्रह छ ।’
सभापति देउवाले सरकारका गलत कदमका विरुद्ध काँग्रेसले निर्णय गरेर नै आन्दोलनमा उत्रिँने पनि बताए । उनले स्थायी प्रजातन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको रक्षाको लागि लड्ने दिन आएको भन्दै आन्दोलनमा आउन सबैलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण