महान्याधिवक्ता र प्रमुख अधिवक्ताहरु भारत भ्रमणमा
काठमाडौं– महान्याधिवक्ता अग्नी खरेलको नेतृत्वमा संघीय सरकार तथा प्रदेश सरकारका वरिष्ठ अधिवक्ताहरु भारत भ्रमणमा छन् । महान्याधिवक्तासहित १२ जना वरिष्ठ अधिवक्ताहरु भदौं १४ गतेसम्म भारतको विभिन्न ठाउँको अवलोकन गर्नेछन् । साथै भारतको महान्यायाधिवक्ता र राज्यका महाधिवक्तासँग भेटघाट गर्नुको साथै केन्द्रीय र राज्य न्यायिक प्रणालीबीच विभिन्न छलफलमा सहभागी हुने नेपालका लागि भारतीय राजदूतावासले जनाएको छ ।
उनीहरु भारतको सर्वोच्च अदालत, दिल्ली उच्च अदालतको भ्रमण गर्नुका साथै नयाँ दिल्लीस्थित भारतीय विधि संस्थानमा एक दिने कार्यशाला गोष्ठीमा समेत सहभागी हुने जनाइएको छ । भ्रमणका क्रममा गुजरात उच्च अदालतको भ्रमण गरी त्यहाँका महान्यायधिवक्तासँग भेटघाट गर्नुका साथै गान्धिनगरस्थित गुजरात फोरेन्सिक विज्ञान विश्वविद्यालयमा (जीएफएसयु) एक दिने कार्यशाला गोष्ठीमा भाग लिने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण