सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

महान्याधिवक्ता र प्रमुख अधिवक्ताहरु भारत भ्रमणमा

बुधबार, ११ भदौ २०७६, १९ : ४०
बुधबार, ११ भदौ २०७६

काठमाडौं– महान्याधिवक्ता अग्नी खरेलको नेतृत्वमा संघीय सरकार तथा प्रदेश सरकारका वरिष्ठ अधिवक्ताहरु भारत भ्रमणमा छन् । महान्याधिवक्तासहित १२ जना वरिष्ठ अधिवक्ताहरु भदौं १४ गतेसम्म भारतको विभिन्न ठाउँको अवलोकन गर्नेछन् । साथै भारतको महान्यायाधिवक्ता र राज्यका महाधिवक्तासँग भेटघाट गर्नुको साथै केन्द्रीय र राज्य न्यायिक प्रणालीबीच विभिन्न छलफलमा सहभागी हुने नेपालका लागि भारतीय राजदूतावासले जनाएको छ ।

उनीहरु भारतको सर्वोच्च अदालत, दिल्ली उच्च अदालतको भ्रमण गर्नुका साथै नयाँ दिल्लीस्थित भारतीय विधि संस्थानमा एक दिने कार्यशाला गोष्ठीमा समेत सहभागी हुने जनाइएको छ । भ्रमणका क्रममा गुजरात उच्च अदालतको भ्रमण गरी त्यहाँका महान्यायधिवक्तासँग भेटघाट गर्नुका साथै गान्धिनगरस्थित गुजरात फोरेन्सिक विज्ञान विश्वविद्यालयमा (जीएफएसयु) एक दिने कार्यशाला गोष्ठीमा भाग लिने कार्यक्रम रहेको दूतावासले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप