प्रकाश दाहाल स्मृति पुरुष भलिबल यसै महिना
काठमाडौं– प्रगतिशिल युवा नेपालले घरेलु भलिबलमा सर्वाधिक धनराशिको खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्वर्गीय प्रकाश दाहालको स्मृतिमा राजधानीमा भदौ २४ देखि २८ सम्म सर्वाधिक धन राशिको ‘प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिता गराउने जानकारी गरएको हो ।
सामाजिक कार्यसँगै खेलकुदमा कार्य गर्ने गरी स्थापना भर्खरै स्थापित भएको प्रगतिशल युवा नेपाल अध्यक्ष दीपक थापाले खेलाडीमा नयाँ उर्जा थप्न राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
अध्यक्ष थापाले खेलकुद विकास र समृद्धिको छैठौं पूर्वाधार रहेपनि उल्लेख्य फड्को मार्न नसकिरहेको अवस्थामा प्रगतिशील युवा नेपाल खेलकुदमा नयाँ उर्जाका साथ जोडिएको बताए ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । जुन पुरुष भलिबलमा सर्वाधिक धनराशि हो ।
दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछ ।
स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैया हात पार्ने महासचिव सुनिल थापा मगरले जानकारी गराए ।
प्रतियोगितामा तीन विभागीयसहित बढीमा १० टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक बिकास गुरुङले जानकारी गराए ।
एक टोलीले ३ विदेशी खेलाडी क्लबमा राख्न पाउने र तीनै जनाले एकैपटक कोर्टमा उत्रन पाउनेछ । प्रतियोगिताको अनुमानित खर्च करिव ३८ लाख ५० हजार रुपैयाँ रहने आयोजकको अनुमान छ । प्रतियोगिताको उद्घाटन पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण