यसकारण यी नायकले सलमानको छातीमा लात हान्न सकेनन्
प्रभुदेवाको निर्देशनमा बनिरहेको फिल्म ‘दबंग थ्री’ बाट सलमान खान र सोनाक्षी सिन्हा चुलबुल पाण्डे र रज्जोको रुपमा सात वर्षपछि पुनः एकसाथ देखिँदैछन् । यो फिल्ममा कन्नड नायक सुदिप भिलेनको रुपमा देखिनेछन् । केही दिन अघि उनले एक तस्बिर सेयर गरेका थिए जसमा उनी सलमानसँग फाइट गरिरहेको देखिएका थिए । त्यतिबेला यो तस्बिर निकै भाइरल पनि भएको थियो ।
एक अन्तर्वार्तामा उनले सलमानसँग आफ्नो दोस्तीबारे बताउँदै सलमानसँग दबंग थ्रीको फाइट सीनमाथि बोलेका छन् । उक्त अन्तर्वार्तामा उनले सलमानसँगको एउटा फाइटको दृश्य गर्न निकै समस्या भएको बताए । उनले भने, ‘एक फाइट सीनको क्रममा मैले सलमानको छातीमा किक हान्नु थियो जुन गर्न मलाई निकै समस्या भयो । म सलमानलाई यति सम्मान गर्छु कि उनको छातीमा लात हान्न सकिरहेको थिइनँ । तर सलमानले मलाई गाली गरे र आफूलाई किक हान्न भने । तर मैले गर्न सकिनँ त्यसकारण उक्त सीनलाई अर्कै तरिकाले सुटिङ गर्नुपर्यो । पछि मलाई थाहा भयो कि साउथमा मानिसहरु किन उनलाई किक हान्न सक्दैनन् ।’
सुदिपले उक्त अन्तर्वार्तामा आफूले सलमानसँग वर्कआउट पनि गरेको र सलमानले जनावरले झैं तालिम गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण