शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कतार एयरवेजका प्रमुख र मलेसियाका प्रधानमन्त्रीबीच भेटवार्ता

बिहीबार, १२ भदौ २०७६, १८ : ३४
बिहीबार, १२ भदौ २०७६

‎दोहा– कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले यही अगस्ट २६ २०१९ क्वाला लम्पुरस्थित युएनडब्लुटिओ विश्व पर्यटन सम्मेलनको उद्घाटनको क्रममा मलेसियाका प्रधानमन्त्री एवं वरिष्ठ सरकारी अधिकारीहरुसँग भेट गरेका छन् ।

प्रधानमन्त्री डा. महाथिर बिन मोहमद तथा मलेसियाका यातायात मन्त्री एन्थनी लोक सिउ फुकसँगको छुट्टाछुट्टै भेटमा अल बकेरले विश्वव्यापी उड्डयन उद्योगको विकास तथा लङ्कावीसम्मको कतार एयरवेजको आगामी उडान लगायतका पारस्परिक हितका विभिन्न विषयमा छलफल गरेका छन् ।

अल बकेरले प्रधानमन्त्रीसँग भेट गर्नु एक गौरवपूर्ण अनुभव रहेको बताए। उनले भने, ‘कतार एयरवेजको लागि मलेसिया तीव्र रुपमा विस्तार भइरहेको एक महत्वपूर्ण बजार हो । तसर्थ लङ्कावीसम्मको हाम्रो नयाँ हवाई मार्ग आउँदो अक्टोबर १५ देखि सञ्चालन गर्दैछौँ । भेटको क्रममा हामीले पारस्परिक हितका विभिन्न विषयहरुमा छलफल गर्ने मौका पायौँ जसलाई हामी निरन्तरता दिने नै छौँ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप