जब सलमानले भनेका थिए, ‘मैले बाजिगर नछोडेको भए शाहरुखको मन्नत बंगला हुने थिएन’
फिल्म इंशाअल्लाहका लागि संजय लीला भंसाली र सलमान खान लामो समयदेखि एक साथ काम गर्ने तयारीमा थिए तर हालै सार्वजनिक भएको रिपोर्ट अनुसार सलमान खानले फिल्मबाट हट्ने निर्णय गरेका छन् । सलमानको साटो कोही अन्य कलाकारको इन्ट्रि हुने अनुमान पनि गरिएको छ । तर सलमानले कुनै ठूलो प्रोजेक्टबाट पछि हट्ने निर्णय लिएको यो पहिलो घटना होइन । यसअघि आफ्नो करियरको सुरुवातमा उनले अब्बास मस्तानको फिल्म बाजीगरलाई अस्विकार गरिसकेका छन् । त्यसपछि फिल्म शाहरुख खानको भागमा पुग्यो र यो सुपरहिट साबित भएको थियो । यो फिल्मले शाहरुख खानको करियरलाई नयाँ उडान पनि दिएको थियो ।
यो फिल्मबारे कुरा गर्दै सलमानले पिंकविल्लासँग भनेका थिए, ‘हो, मैले बाजीगरलाई अस्विकार गरेको थिएँ । जब अब्बास–मस्तान मसँग स्क्रिप्ट लिएर आएका थिए तब मैले आफ्नो बुवासँग यसबारे कुरा गरेको थिएँ । बुवाले कहानी एक नेगेटिभ भूमिकाको भएकाले आमाको एउटा भावुक पाटो पक्कै पनि हाल्नुपर्ने बताए तर फिल्मका निर्देशकले कुरा मानेनन् । मैले जब यो फिल्म अस्विकार गरेँ तब उनी शाहरुखकोमा गए ।’
उनले थपे, ‘शाहरुखले यो फिल्म गर्न स्विकार मात्र गरेनन् उनीहरुले आमाको एंगल पनि यो फिल्ममा प्रयोग गरे तर मलाई यो कुराको केही पछुतो छैन ।’
सलमानले त्यसपछि ठट्टा गर्दै भने, ‘यदि मैले बाजिगर गरेको भए बयान्डस्ट्यान्डमा आज मन्नत हुँदैनथ्यो ।’
स्मरण रहोस्, सलमानले मात्रै नभई शाहरुखले पनि विभिन्न महत्वपूर्ण फिल्म छोडिसकेका छन् । सन् २००३ मा रिलिज भएको मुन्नाभाइ एमबीबीएस सुरुमा शाहरुखलाई अफर गरिएको थियो तर उनले आफ्नो चोटका कारण फिल्म अस्विकार गरेका थिए । शाहरुखलाई आफूले यो फिल्मलाई न्याय गर्न नसक्ने हो कि भन्ने डर थियो । रिपोर्टमा यो पनि भनिएको छ कि शाहरुखले नै संजयको नाम सुझाएका थिए । यस्तै, हिरानीले सुरुमा जिमी शेरगिलको भूमिका संजय दत्तलाई दिन चाहन्थे तर पछि उनलाई महसुस भयो कि मुन्नाभाइका लागि संजय उत्कृष्ट विकल्प हुन् ।
यसबाहेक शाहरुखले कफी विद करणको पछिल्लो संस्करणमा आफ्नो पारम्परिक अन्दाजमा जवाफ दिँदै भनेका थिए, ‘म आमिर खानको फिल्म थ्री इडियट्सको चौथो इडियट हुँ किनभने मैले यो फिल्म अस्विकार गरेको थिएँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण