सडक विभागमा धर्ना दिन पुगे गगन थापा, भने– ‘बेवास्ता गरिए सिंहदरबार धर्ना बस्छौं’
काठमाडौं– काँग्रेसका युवा नेता एवम् काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गगन थापाको नेतृत्वमा सडक विभाग पुल्चोकमा धर्ना सुरु भएको छ । उनीसहित प्रदेशसभा सांसद र स्थनीयवासीले सो क्षेत्रका १२ वटा सडक अलपत्र पारिएको भन्दै धर्ना सुरु गरेका हुन् ।
धर्ना आधा घण्टासम्म जारी रहनेछ । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले सडकबाट अवाज उठाउँदा पनि नसुनिएपछि धर्ना सुरु गरिएको बताए । उनले भने, ‘हामीले सडकबाट आवाज उठाउँदा नसुनेपछि सांकेतिक रुपम धर्ना बस्न बाध्य भएका हौं, चावहिल कपन लगायत काठमाडैं ४ का सडक लगायतका सडक निर्माणको कार्य गत बैशाखमै म्याद सकिएको थियो । सो म्यादमा २० प्रतिशत मात्रै काम भएको र फेरि पुरानै कम्पनीलाई २ वर्षको म्याद थप गर्न लागिएकोले त्यसको विरोध गरिएको हो ।’
केही समयअघि थापाले क्षेत्र नम्बर ४ का सडक अलपत्र पार्ने ठेक्केदारलाई कार्वाहीको माग गर्दै सडक विभागमा पत्र पठाएका थिए । पत्र पठाएपनि त्यतिबेला उनीहरुलाई कार्वाही गरिएको थिएन । कार्वाही गर्नुको साटो कपन क्षेत्रमा खानेपानी आयोजना निर्माणको जिम्मेवारी पनि सडक अलपत्र पार्ने कम्पनीलाई नै दिइएको भन्दै उनीहरुले चर्को विरोध गरेका छन् ।
यो विषयमा संसदमा मन्त्रीलाई प्रश्न सोध्दा मन्त्रीले जवाफ नै नदिएको सांसद थापाले बताए । अबको एक हप्ताभित्र सो क्षेत्रमा सडक र खानेपानीको निर्माण कार्य अघि नबढे सिंहदरबारभित्रै धर्ना बस्ने उनले चेतावनी दिए । उनले भने, ‘जनतालाई सास्ती दिएर मन्त्रीलाई मस्तीसँग बस्ने छुट छैन । सडक निर्माणका लागि संघर्षको कार्यक्रम आजबाट सुरु भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण