मेस्सी र रोनाल्डोले गरे एक अर्काको तारिफ
एजेन्सी– अर्जेन्टिना एवं बार्सिलोनाका स्टार लियोनल मेस्सी र पोर्चुगल एवं युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोको भिडन्त मैदानमा मात्र सिमित छैन । मैदान बाहिरपनि यी दुईको प्रतिस्पर्धा र इष्र्यालु स्वभाव सतहमा आउने गर्दछ । अझ कतिपय अवस्थामा भेट हुँदा समेत यी दुईबीच बोलचाल हुँदैन भन्ने अनगिन्ती किस्साहरु चल्ने गरेको थियो ।
तर विश्व फुटबलका चर्चित पात्र यी दुई खेलाडीले बिहिबार राति अनौठो तरिकाले एकले अर्काको तारिफ गरेका छन् । युईएफए च्याम्पियन्स लिगको समूह विभाजन र बर्ष खेलाडी अवार्ड कार्यक्रममा मेस्सी र रोनाल्डोको भलाकुसारी रोचक बन्यो । कार्यक्रममा मेस्सी र रोनाल्डोसँगै बसेका थिए । कार्यक्रम उद्घोषिकाले छोटो अन्तर्वाता लिँदै दुवै खेलाडीबीचको रोचक पाटो पनि खोतल्ने प्रयास गरेकी थिइन् ।
सोही क्रममा रोनाल्डोले मेस्सी र आफुबीचको प्रतिस्पर्धाले दुवै खेलाडी र सिंगो फुटबललाई नै फाइदा पुगेको बताए । ‘१५ वर्ष हामीले एउटै स्टेजमा प्रतिस्पर्धा गर्यौं । हामीले जस्तो एकै समय यसरी वर्चस्व जमाउने खेलाडी सायद अरु छैनन् । यो त्यति सहज कुरा पनि हैन । मैले स्पेनमा धेरै खेलेँ । उनी अहिले पनि स्पेनम खेलिरहेका छन् । इटाली गएपछि मैले स्पेनलाई मिस गरिरहेको छु,’ रोनाल्डोले भने ।
रोनाल्डोले हामी दुईबीचको सम्बन्ध निकै राम्रो भएको पनि बताए । ‘हामी एकअर्काका प्रतिस्पर्धी सँगै राम्रो सम्बन्ध पनि छ । तर हामीले अहिलेसम्म सँगै बसेर डिनर खाएका छैनौं । आशा छ, त्यो समय आउनेछ,’ रोनाल्डोले भने । रोनाल्डोले आफु मेस्सीभन्दा दुई बर्ष जेठो भएपनि अझै तन्नेरी भएको सुनाए । रोनालडोले मेस्सी र आफुले अझै तीनचार बर्ष खेलेर सँगै सन्न्यास लिने पनि बताए । उद्घोषिकाले रोनाल्डोलाई स्पेनिस भाषमा बोल्नेकी भनेर सोध्दा रोनाल्डोले अंग्रेजीमा बोन्ने भन्दै रोचक तरिकाले उत्तर दिएका थिए ।
यसैगरी स्पेनिस भाषमा बोलेका मेस्सीले पनि रोनाल्डोसँग लामो समय एकै स्थानमा खेल्न पाउँदा खुशी लागेको बताए । ‘रोनाल्डोसँग प्रतिस्पर्धा गर्नु सुखद पक्ष थियो । हामीले ला लिगाका धेरै गोल गर्यौं । गोल गर्नुको लक्ष्य टोलीको जितसँगै ब्यक्तिगत उपलब्धिको लागि पनि ठूलो थियो । त्यसैले दुवैले सक्दो प्रयास गर्यौं,’ मेस्सीले भने । मेस्सीले रोनाल्डोको उत्कृष्ट प्रदर्शनले आफुलाई पनि राम्रो खेल्न प्रेरित गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण