सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नागरिक न्याय माग्न सडकमा जानु लोकतन्त्रको लागि खतराको संकेत : नेता कोइराला

शुक्रबार, १३ भदौ २०७६, १८ : ५०
शुक्रबार, १३ भदौ २०७६

काठमाडौं – नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली जनता र व्यावसायीहरु करको चरम मारमा बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा नेता कोइरालाले मुल्यवृद्धि आकासिएको र किसानका समस्या दिनानु दिन बिकराल बन्दै गएको पनि बताए । उनले भ्रष्टाचार संस्थागत ढंगले अगाडि बढीरहेको दाबी गरे । 

उनले भने, ‘भ्रष्टाचार संस्थागत ढंगले अगाडि बढीरहेको छ। त्यसैको ज्वलन्त उदाहरण हो वाईडबडी प्रकरण। जनताले शुसासनको कत्ति पनि अनुभूति गर्न पाएको छैनन्।’ नेता कोइरालले सरकार आर्थिक,सामाजिक र राजनितीक सबै प्रकारले असफल बताए । 

‘यसप्रति पार्टीले आफ्नो धारणा सार्वजनिक गर्न जरुरी छ। देशको अर्थतन्त्र ओरालो लागीरहेको छ। प्रधानमन्त्रीज्युले आर्थीक बृद्धि दर ७.५ छ भन्नुभएको छ। तर वस्तविक ६.५ मात्रै छ,’ नेता कोइरालाको भनाइ छ ।

सरकार झुटमाथी झुटको खेती गरिरहेको भन्दै उनले पार्टीले त्यसलाई बाहीर ल्याउँन नसकेको बताए । यस्तै उनले न्यायलयमाथि  जनताको विस्वास घटेको भन्दै नागरिक न्याय माग्न सडक  उत्रिएकबो बताए ।  उनले भने, ‘ न्यायलयमाथि  जनताको विस्वास घटेको छ। सडकबाटै न्याय माग्न थालिएको छ। लोकतन्त्रको लागि अत्यन्तै खतराको संकेत हो।’ नेता कोइरालाले नेविसंघको नेतृत्व ल्यानउ किन रोकियो भन्दै प्रश्न गरे । 

‘समय सकिएका सबै भात्रृ संगठनहरुको बिधान अनुसार अधिवेसन गरिनुपर्छ। बिपी कोईराला ४५ बर्षमा प्रधानमन्त्री बन्नुभयो, हाम्रा सभापती शेरबहादुर देउवाजी ४९र ५० वर्षमा प्रधानमन्त्री बन्नुभयो तर पार्टीको नर्सरी नेबिसंघमा बिधानले तोके अनुसार ३२ बर्ष भन्दा मुनीका लाई ल्याउँन हामीलाई कसले रोक्यो ?,’ उनको प्रश्न थियो ।

‘बुवा—आमा—काकाको बिरासतमा राजनिती गर्ने’ भनिएको भन्दै उनले गुनासो गरे । ‘यही केन्द्रीय समितिमा मलाई र डा. शसांकलाई लक्षित गरेर “ब्यावसाय गर्ने अनी बुवा—आमा—काकाको बिरासतमा राजनिती गर्ने” भनेर भनियो। यसले मलाई दुखी बनाएको छ। म त चाहन्छु केन्द्रीय समितिका साथीहरु पनी केही न केही ब्यावसाय गर्नोस र नेबिसंघ लगायत पार्टीको सबै तहका क्रियाशिल साथीहरुलाई पनी आत्मनिर्भर र स्वावलम्बनको बाटोमा लैजाऔं।’

साथै उनले कसैको दया र मायाले यहाँसम्म नआएको पनि बताए । ‘निरंकुस पञ्चायतविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा पटक—पटक प्रहरीको लाठी खाँदै जेल गएका छौं। निरंकुसता विरुद्धको हरेक आन्दोलनमा हामी अग्रपंतीमा उभिएका छौं।’ उनले भने, ‘आन्दोलनको मैदान र जेलमा हुँदै गर्दा कती जना कहाँ हुनुहुन्थ्यो? हामी सबै आफ्नो कर्मले यहाँसम्म आएका हौं, कसैको दया र मायाले आएका होईनौं।’

साथै उनले १४औं महाधिवेसनमा हिन्दु राष्ट्रको बिषय चर्को रुपले उठ्ने भन्दै यसको  व्यवस्थापन गर्ने त्यसतर्फ ध्यान जान जरुरी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप