रेष्टुरेण्टमा अनैतिक कार्य हुने गरेको भन्दै सञ्चालकसहित ६ जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरको वेदकोटा नगरपालिका–३ दैजी बजार र शुक्लाफाँटा नगरपालिका–६ बाट प्रहरीले समाजमा शान्ति खलबल्याएको आरोपमा आज छ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय झलारीको टोलीले दैजीको सम्झना रेष्टुरेण्ट एण्ड बारका सञ्चालक ५२ वर्षीय मोहनजङ्ग रोकाया, उनका छोरा २४ वर्षीय सागर रोकायासहित सहजपुरका एक जना महिला गरी तीन जनालाई पक्राउ गरेको छ ।
सोही आरोपमा शुक्लाफाँटा नगरपालिका–६ वन समिति बजारमा रहेको पानस रेष्टुरेण्ट एण्ड बारका सञ्चालक ३४ वर्षीय वीरेन्द्र कुवँर र सर्लाही र सुख्खड घर भएका दुई जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ परेका तीनै जनामाथि मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २ को सार्वजनिक शान्तिविरुद्धको कसुरअन्र्तगत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए । रेष्टुरेण्ट सञ्चालकले महिलाहरु राखेर अनैतिक कार्य गराउँदै आएकाले पक्राउ गरिएको प्रहरी निरीक्षक साउदले बताए ।