रेष्टुरेण्टमा अनैतिक कार्य हुने गरेको भन्दै सञ्चालकसहित ६ जना पक्राउ
कञ्चनपुर – कञ्चनपुरको वेदकोटा नगरपालिका–३ दैजी बजार र शुक्लाफाँटा नगरपालिका–६ बाट प्रहरीले समाजमा शान्ति खलबल्याएको आरोपमा आज छ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय झलारीको टोलीले दैजीको सम्झना रेष्टुरेण्ट एण्ड बारका सञ्चालक ५२ वर्षीय मोहनजङ्ग रोकाया, उनका छोरा २४ वर्षीय सागर रोकायासहित सहजपुरका एक जना महिला गरी तीन जनालाई पक्राउ गरेको छ ।
सोही आरोपमा शुक्लाफाँटा नगरपालिका–६ वन समिति बजारमा रहेको पानस रेष्टुरेण्ट एण्ड बारका सञ्चालक ३४ वर्षीय वीरेन्द्र कुवँर र सर्लाही र सुख्खड घर भएका दुई जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ परेका तीनै जनामाथि मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २ को सार्वजनिक शान्तिविरुद्धको कसुरअन्र्तगत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए । रेष्टुरेण्ट सञ्चालकले महिलाहरु राखेर अनैतिक कार्य गराउँदै आएकाले पक्राउ गरिएको प्रहरी निरीक्षक साउदले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण