दुधको मूल्यमा प्रतिलिटर दश रुपैयाँ बढाउन किसानहरुको माग
काठमाडौं – दुध उत्पादक किसानहरुले तत्काल दुधको मुल्य बढाउन सरकारसंग माग गरेका छन । शनिवार रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय व्यवसायी पशुपालन तथा दुध उत्पादक कृषक समाज, नेपालले पत्रकार सम्मेलन गर्दे यस्तो माग गरेको हो ।
विगत तीन वर्षदेखि सरकारले दुधको मूल्य यथावत राख्दा किसानहरु मारमा परेको भन्दै समाजले तत्काल मूल्य बढाउन माग राखेको हो । आफुहरको उत्पादन लागतमा बिगत तीन बर्ष यता ३० प्रतिशत भन्दा बढि मुल्य बृद्धि भएको जनाउदै दुधको मुल्यमा प्रतिलिटर १० रुपियाँ बढाउनुपर्ने उनीहरुको माग छ ।
उक्त मूल्य निर्धारण नगरिए यो क्षेत्रका दश लाख किसानको प्रत्यक्ष रोजगारि गुम्ने र खर्बाै रुपैयाँका गाई, भैंसी नासिने भई राज्यको खरबको व्यापार घाटा बढ्ने समाजको ठहर छ । नेपालको अस्तित्व संकटमा पर्ने खतरा रहने उनीहरुको दाबी छ ।
अहिलेकै मूल्यमा आफुहरुको लागत पनि नउठ्ने बताउदै उनीहरुले राज्यका कर्मचारी तथा बजारका सम्पूर्ण बस्तुहरुको मूल्य पटक–पटक बढ्दा पनि आफुहरुले लागत मूल्य पनि उठाउन नसकेको जनाउदै उनीहरुले सरकारको ध्यानाकषर्ण गराएका हुन ।
कार्यक्रममा संस्थाका अध्यक्ष आनन्द निउरेले किसानको उत्पादन बिना मानव जीवन सम्भव नरहेको बताउदै नेपालका कृषकहरु राज्यबाट संसारमै सबैभन्दा बढी पीडित रहेको उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण