बंगलामुखीमा खगेन्द्रको ‘पानीफोटो’को मुहूर्त
काठमाडौं – अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहने फिल्म ‘पानीफोटो’को शुभमुहूर्त गरिएको छ ।
आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा निर्माण युनिटले पुजा गर्दै फिल्मको मुर्हूत गरेको हो ।
मुर्हूतसँगै फिल्मको छायाँकन पनि सुरु भएको निर्देशक खगेन्द्रल बताए । अभिनेता खगेन्द्र फिल्म ‘पानीफोटो’बाट निर्देशनमा औपचारिक रुपमा होमिन लागेका हुन् ।
मुर्हूतमा खगेन्द्रसंगै अनुप बराल, मेनुका प्रधान लगायत फिल्मका कलाकार तथा प्राबिधिकको उपस्थिति रहेको थियो ।
फिल्ममा झन्डै डेढ दशक अगाडी बेपत्ता भएको छोराको पर्खाइमा बसेको बाआमाको कथा उठाउनेछ । फिल्म दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’को कथामा निर्माण हुन लागेको हो ।
फिल्मको एक दिनको छायाँकन काठमाडौ र त्यसपछि टोलि स्याङ्गजा तर्फ लाग्नेछ ।
‘पानी फोटो’को कथा धेरै दर्शक माँझ पर्याउने आफ्नो चाहना पुरा गर्न फिल्म बनाउन लागेको निर्देशक खग्न्द्रले कार्यक्रममा बताए ।
टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने फिल्म रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् ।
फिल्म सन् २०२० मा रिलिज गर्ने लक्ष्य निर्माण टिमको छ । फिल्मलाई दीपक बज्राचार्यले खिच्नेछन् भने सम्पादन निमेष श्रेष्ठले गर्नेछन् । पुष्पा संगमले फिल्ममा पाश्र्व संगीत दिनेछन् ।
फिल्ममा खगेन्द्रसंगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण