प्रभासको ‘साहो’ ले बक्स अफिसमा मच्चायो धुम, दुई दिनमा कमायो यति करोड
प्रभास र श्रद्धा कपुरको फिल्म साहोको हिन्दी संस्करणले बक्स अफिसमा धुम मच्चाइरहेको छ । २४ करोड भारुबाट शानदार ओपनिङ गरेको साहोले रिलिजको दोस्रो दिन पनि दमदार प्रदर्शन गरेको छ । बक्स अफिस इन्डियाको वेबसाइट अनुसार ‘साहो’ ले शनिबार २३ करोड भारु कमाई गरेको छ । फिल्मको हिन्दी संस्करणले दुई दिनमा ४७ करोड भारुको कलेक्सन गरेको छ ।
यस्तै, यसको सबै संस्करणको कुरा गर्ने हो भने फिल्मले शनिबार मात्रै ५०–५५ करोड भारुको कमाई गरेको छ । यससँगै, साहोले देशभरी दुई दिनभित्रै १४० करोडको कलेक्सन गरेको छ ।
प्रभास र श्रद्धा कपुर स्टारर साहोका लागि दर्शक पनि त्यत्तिकै क्रेजी देखिएका छन् । यद्यपि, साहो फिल्म समीक्षकहरुको आशामा खरो उत्रन सकेको छैन । तर कमाई र प्रदर्शनको कुरा गर्ने हो भने यो फिल्म साउथको तेस्रो यस्तो डब गरिएको फिल्म हो जसले हिन्दी मार्केटमा सबभन्दा धेरै कमाईको रेकर्ड बनाएको छ । यसअघि प्रभासले ‘बाहुबली’ मार्फत् अत्यधिक चर्चा बटुलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण