शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल बैंक र एनबीआई बीच सम्झौता

आइतबार, १५ भदौ २०७६, १६ : ०३
आइतबार, १५ भदौ २०७६

काठमाडौं– नेपाल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनबीआई) बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता भएको छ । 

एन.बी.आईले नेपाल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिम सेवाहरु उपलब्ध गराउने सम्वन्धी उक्त सम्झौतापत्र हस्ताक्षर गरेको छ ।

सम्झौता पत्रमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका छन् ।

बैकिङ्ग जनशक्ति विकासमा झण्डै १ दशकयता क्रियाशील एनबीआई र नेपालको बैकिङ्ग उद्योगमा अगुवा बैंकको रुपमा रहेको नेपाल बैंक बीच भएको समझदारीबाट बैंकको मानव पूँजीलाई अरु बढी उत्पादनशील बनाउन योगदान पुग्ने अपेक्षा लिईएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप