सरकारी कार्यालयका हाकिमको घरमा बम पड्काउने धम्की दिँदै असुली धन्दा

काठमाडौं– विभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई धम्की दिँदै रकम असुल्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले झापा घर भइ राजधानीमा बस्दै आएका शुभम घिमिरे, सुवास कोइराला र विश्वराज शर्मालाई पक्राउ गरेको हो । सुवास कोइरालाको साथबाट जनध्वनि साप्ताहिक समाचारपत्रको सम्पादकको परिचय पत्र समेत फेला परेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार उनीहरुले विभिन्न सरकारी कार्यालय प्रमुखहरुलाई आफूहरुविप्लप समूहको काठमाडौं जिल्ला ईन्चार्ज भएको भन्दै चन्दा माग गरेका थिए । चन्दा नदिए घरमा बम पड्काउने र जिउज्यान लिने सम्मको धम्की दिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुलाई शुक्रबार र आइतबार उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङमा टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
-
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री
-
बाबुरामलाई प्रश्न– प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेकोमा पश्चाताप लागेको छैन ?
-
मोदीको भनाई खारेज गर्दै पाकिस्तानले भन्यो – हामी ‘आतंकवाद पीडित’
-
ट्रम्पको दाबी भारतद्वारा अस्वीकार
-
त्रिशुली नदीमा डुबेर दुई बालिका बेपत्ता