सरकारी कार्यालयका हाकिमको घरमा बम पड्काउने धम्की दिँदै असुली धन्दा
काठमाडौं– विभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई धम्की दिँदै रकम असुल्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले झापा घर भइ राजधानीमा बस्दै आएका शुभम घिमिरे, सुवास कोइराला र विश्वराज शर्मालाई पक्राउ गरेको हो । सुवास कोइरालाको साथबाट जनध्वनि साप्ताहिक समाचारपत्रको सम्पादकको परिचय पत्र समेत फेला परेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार उनीहरुले विभिन्न सरकारी कार्यालय प्रमुखहरुलाई आफूहरुविप्लप समूहको काठमाडौं जिल्ला ईन्चार्ज भएको भन्दै चन्दा माग गरेका थिए । चन्दा नदिए घरमा बम पड्काउने र जिउज्यान लिने सम्मको धम्की दिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुलाई शुक्रबार र आइतबार उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण