चिनियाँ राष्ट्रपति सी जिनपिङ ९ घण्टाका लागि नेपाल आउने
सोमबार, १६ भदौ २०७६, १५ : १९
काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने भएका छन् ।
राष्ट्रपति सी आगामी १५ अक्टोबरमा नेपाल भ्रमणमा आउने भएका हुन् ।
राष्ट्रपति सी त्यसअघि भारतको भ्रमणमा निस्किने र भारत भ्रमण सकेर बेइजिङ फर्किनुअघि ९ घण्टाका लागि काठमाडौं आउने चिनियाँ राजदूतावास श्रोतले जनाएको छ ।
चिनियाँ राष्ट्रपति अक्टोबर ११ मा पाँच दिने भ्रमणका लागि भारत जाँदैछन् ।
राष्ट्रपति सीको भ्रमणको तयारीका लागि सेप्टेम्बरमा चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाल भ्रमण गर्ने बताइएको छ ।
यो पनि
यसअघि चिनियाँ प्रधानमन्त्री वेन जिया बाओले सन् २०१२ मा नेपाल भ्रमण गरेका थिए । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यकालमा उनी करीब ५ घण्टा काठमाडौमा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
