१८ दिनसम्म लगातार ९०० किमी हिँडेर अक्षय कुमारलाई भेट्न पुगे एक फ्यान
एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले आइतबार आफ्नो एक जना फ्यानको भिडियो र तस्विर सामाजिक संजालमा शेयर गरे ।
प्रभात नामका ती फ्यान अक्षय कुमारलाई भेट्नको लागि १८ दिन लगाएर ९०० किमी पैदल हिँडेर मुम्बई पुगेका थिए ।
अक्षयले भिडियो शेयर गर्दै लेखेका छन् ,‘ यी प्रभात हुन् । उनीसँग मेरो आज बिहान भेट भयो । यी मलाई भेट्नको लागि १८ दिनसम्म द्वारकाबाट पैदल हिँडेर मुम्बई आएका हुन् । यदी हाम्रा युवाले यस्तै खालको प्लानिङ र दृढ निश्चय आफ्नो लक्ष्य पाउनको लागि लगाए भने तिनलाई कसैले पनि रोक्न सक्दैन ।’
अक्षयले प्रभातबारे एउटा अर्को पोस्ट शेयर गरेका छन् जसमा उनले यस्तो माया पाएर आफूलाई धेरै खुसी महसुस हुने लेखेका छन् ।
तर उनले यस्तो कामलाई बढावा नदिन पनि भनेका छन् । उनले युवालाई आफ्नो समय र ऊर्जा जीवन राम्रो बनाउनको लागि लगाउन आग्रह गरेका छन् ।
भिडियोमा प्रभातले अक्षयसँग कुरा गर्दै आफू उनको फ्यान भएको प्रमाणित गर्नको लागि हिँडेर आएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण