काँग्रेसले प्रदेश ३ महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने
काठमाडौं–नेपाली कांग्रेसले यही भाद्र २० र २१ गते प्रदेश नम्बर ३ अन्तर्गतका १३ मध्य सात जिल्लाका महाधिवेशन प्रतिनिधिहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ ।
काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश ३ का दुई स्थानमा प्रशिक्षण आयोजन गर्ने पूर्वनिर्णय अनुसार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९, वोडे स्थित कृषि विकास वैंकको तालिम केन्द्रमा प्रशिक्षण सञ्चालन गर्न लागेको हो ।
भाद्र २० गते बिहान १० वजे कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नेछन् । साे प्रशिक्षणमा प्रदेश नं ३ रहेका १३ जिल्ला मध्ये सात जिल्लाहरु— काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछापका महाधिवेशन प्रतिनिधिहरु प्रशिक्षणमा सहभागी हुनेछन् ।
बाँकी जिल्लाहरु— रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिहरुका लागि मकवानपुरमा प्रशिक्षण कार्यक्रम आयोजना गरिने काँग्रेसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण