कपिलवस्तुको खोलामा बेपत्ता ३ जनाको शव फेला
मङ्गलबार, १७ भदौ २०७६, १८ : ३९
बुटवल– भदौं १६ गते बिहान खोलामा बगेर बेपत्ता तीनै जनाको शव कपिलवस्तु प्रहरीले फेला पारेको छ । शुद्धोधन गाउँपालिका ६ स्थित बेटिबेलभरिया खोला (सन्तघाट) मा भदौं १६ गते ११ बजेको समयमा नुहाउन गएका सोही स्थानकी २५ वर्षीया तरामति कोहर, १५ वर्षीया तारा कोहर र ८ वर्षीया खुश्वु कोहरको शव प्रहरीले विभिन्न स्थानबाट फेला पारेको हो ।
मंगलबार बिहान इलाका प्रहरी कार्यालय पकडीबाट सई सुनिल मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले दुई जनाको शव खोलामा डुबेको अवस्थामा र ८ वर्षीया बालिका खुश्वुको शव नुहाउने स्थानबाट करिब १ किलोमिटरको दक्षिण दूरीमा पर्ने करमनी भन्ने स्थानको जामुनाको रुखको फेदमा फेला पारेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण