कतार एयरवेजको प्रिभिलेज क्लब र एजुकेशन सिटी गल्फ क्लबबीच साझेदारी
दोहा– कतार एयरवेजको लोकप्रिय नियमित उडान सेवा, प्रिभिलेज क्लबले एजुकेशन सिटी गल्फ क्लबसँग सहकार्य गर्ने घोषणा गरेको छ ।
जसमार्फत आफ्ना विशिष्ट सदस्यहरुलाई गल्फ प्याकेजमार्फत थप क्युमाइल्स र साथै प्रशिक्षणका लागि पास प्रदान गर्नेछ । यस कदमले कतारमा गल्फप्रेमीहरुलाई थप प्रोत्साहित गर्दै अन्य सदस्यहरुलाई क्युमाइल्स प्राप्त गर्न आकर्षित गर्नेछ ।
प्रिभिलेज क्लबका सदस्यहरुले रिफरल कार्यक्रममार्फत १०,००० क्यूमाइल्सको बोनस पनि प्राप्त गर्न सक्नेछन् जसले दुवै सदस्य एवं रिफर गरिएको सदस्यले एजुकेशन सिटी गल्फ क्लबमा गल्फको आनन्द लिन सक्नेछन् ।
यस सहकारितामा कर्पोरेट प्याकेज समावेश गरिएको छ जसद्वारा सदस्यताका लागि ४० हजार क्युमाइल्स प्राप्त गर्न सकिन्छ । कतार एयरवेजका नियमित यात्रीहरुप्रति आभार प्रस्तुत गर्दै कतार एयरवेजसँगको यात्रामा थप क्युमाइल्स प्राप्त गर्ने अवसर प्रदान गर्न प्रिभिलेज क्लबको स्थापना सन् २००० मा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई