कतार एयरवेजको प्रिभिलेज क्लब र एजुकेशन सिटी गल्फ क्लबबीच साझेदारी
दोहा– कतार एयरवेजको लोकप्रिय नियमित उडान सेवा, प्रिभिलेज क्लबले एजुकेशन सिटी गल्फ क्लबसँग सहकार्य गर्ने घोषणा गरेको छ ।
जसमार्फत आफ्ना विशिष्ट सदस्यहरुलाई गल्फ प्याकेजमार्फत थप क्युमाइल्स र साथै प्रशिक्षणका लागि पास प्रदान गर्नेछ । यस कदमले कतारमा गल्फप्रेमीहरुलाई थप प्रोत्साहित गर्दै अन्य सदस्यहरुलाई क्युमाइल्स प्राप्त गर्न आकर्षित गर्नेछ ।
प्रिभिलेज क्लबका सदस्यहरुले रिफरल कार्यक्रममार्फत १०,००० क्यूमाइल्सको बोनस पनि प्राप्त गर्न सक्नेछन् जसले दुवै सदस्य एवं रिफर गरिएको सदस्यले एजुकेशन सिटी गल्फ क्लबमा गल्फको आनन्द लिन सक्नेछन् ।

यस सहकारितामा कर्पोरेट प्याकेज समावेश गरिएको छ जसद्वारा सदस्यताका लागि ४० हजार क्युमाइल्स प्राप्त गर्न सकिन्छ । कतार एयरवेजका नियमित यात्रीहरुप्रति आभार प्रस्तुत गर्दै कतार एयरवेजसँगको यात्रामा थप क्युमाइल्स प्राप्त गर्ने अवसर प्रदान गर्न प्रिभिलेज क्लबको स्थापना सन् २००० मा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण