धनुषामा चोर समाउन पुगेको प्रहरी टोली र स्थानीवासीबीच झडप
जनकपुर– धनुषमा चोर समाउने विषयमा स्थानीयवासीहरुसँग प्रहरीको विवाद हुँदा गोली चलेको छ । मङ्गलवार धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका वडा नम्बर ५ मा मोटरसाइकल चोर समात्ने विषयमा स्थानियहरुले चोरलाई उम्काउन खोज्दा विवाद चर्केपछि प्रहरीले हवाई फायर गरेको हो ।
चोरीको मोटरसाइकल खरिद बिक्री भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट सहायक प्रहरी निरीक्षकको अगुवाइमा पुगेको प्रहरी टोलीले मोटरसाइकल चोरलाई पक्राउ गर्न खोज्दा विवादले उग्ररुप लिएको थियो । प्रहरी उपरीक्षक शेखर खनालले मोटरसाइकल चोरलाई समातेपछि स्थानीयवासीले विवाद खडा गरी भगाउन लाग्दा प्रहरीले हवाई फायर गरेको बताए।
चोरलाई भगाउन स्थानीयले प्रहरी माथि हातपातमै उत्रेपछि बाध्य भएर दुई राउण्ड हवाई फायर गर्नुपरेको खनालले बताए । उनले हवाई फायर गर्दा स्थिति नियन्त्रणमा आए पनि स्थानीयहरुले चोरलाई मोटरसाइकल सहित भगाएको जानकारी दिए।
फरार चोर र भगाउने व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक खनालले बताए। ‘जिल्लाबाट प्रहरी निरीक्षकको कमाण्डमा थप प्रहरी घटनास्थल पुगेको समेत उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण