मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङमा जीप दुर्घटना, १० जना घाइते

मङ्गलबार, १७ भदौ २०७६, २२ : २२
मङ्गलबार, १७ भदौ २०७६

धादिङ- नीलकण्ठ नगरपालिका–२ भुलभुलेमा आज भएको जीप दुर्घटनामा १० जना घाइते भएका छन् । ग१ज ६०६१ नंको बोलेरो जीप धादिङबेसीबाट पात्लेतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । 

प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार जीप अनियन्त्रित भई सडकमा पल्टिएको थियो । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर लगिएको छ । सामान्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप